Skip to content

आज बालाचतुर्दशी, शिवालयहरूमा शतबीज छरिँदै

काठमाडौँ – आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । आजकाे दिन पशुपतिसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । हिजो (मंगलबार) रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्