Skip to content

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित २ समातिए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीय सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत चण्डिगढ बस्ने २४ वर्षीया रेविका सिंह ठकुरी छन् । उनीहरूले ‘खेलाडीलाई स्पोन्सर गर्छौं’ भन्दै ह्वाट्स एप, इन्स्टाग्राम मार्फत सम्पर्क गरी सट्टेबाजी गराएको आरोप छ । उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्