Skip to content

उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट तल झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयसबाट पनि तल झरेको छ । दैनिक चिसो बढ्ने क्रममा आज आइतबार बिहान यहाँको तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५.४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री देखिएको हो । मौसम महाशाखाले हरेक दिन काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ । मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५ः४५ बजे मापन गरिन्छ । अब दिनप्रतिदिन चिसो बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्