काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् । उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ । सरकारले हिजोमात्रै जेनजीहरूसँग सम्झौता गरेको थियो । उक्त सम्झौता आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ भने नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया दिनुहोस्