काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ । भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो । रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजान आँटिएको छ । भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।




प्रतिक्रिया दिनुहोस्