Skip to content

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा पार्टी केन्द्रीय समितिको बैठक भोलि बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली बस्नेछ । महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्