काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको बताएको छ। काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५.४५ बजे कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ। त्रिभुवन विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो । त्यस्तै ललितपुर हात्तीबनको २.८, भक्तपुर नगरकोटको तापक्रम २.८ मापन भएको छ । आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको थियो भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्