Skip to content

काँग्रेसको विशेष महाधिवेशन लम्बियो, भोलि नेतृत्व चयन हुने

काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथि भइरहेको छलफल निष्कर्षमा नपुगेपछि बैठकको समय लम्बिएको हो । विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथि घनिभूत छलफल जारी छ। यही छलफल मंगलबार पनि निरन्तर रहने उनले बताए । छलफल टुंगिएपछि मंगलबार नै नेतृत्व चयन प्रक्रिया सुरु गरिने चम्लागाईंले जानकारी दिए। कांग्रेसको आन्तरिक संरचना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच सक्रिय बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्