दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अझै चुनाव हुने/नहुने अन्योल कायम रहेको बताएका छन् । गृह जिल्ला दाङमा प्रेस चौतारीको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो अन्योलतामा प्रतिनिधिसभा पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताए । उनले चुनाव हुने स्थिति बने एमाले सहभागी हुने स्पष्ट पारे ।
दलहरू फुट्नुभन्दा जुट्नु लोकतन्त्रका लागि फाइदा हुने बताउँदै पोखरेलले कांग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भीर असर पर्न सक्ने टिप्पणी गरे । रवि लामिछानेको सम्पत्ति शुद्वीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट सञ्चालित छ भन्ने प्रश्न उठेको उनको दाबी छ । समाजमा अहिले पनि शान्ति-सुरक्षाको प्रत्याभूति नहुनु चिन्ताजनक रहेको उल्लेख गर्दै पोखरेलले लुटिएको हतियार संकलन, भगाइएका कैदी फिर्ता ल्याउने, प्रहरीको मनोबल वृद्धि गर्ने काममा सरकार तल्लीन हुनुपर्ने सुझाव दिए ।





प्रतिक्रिया दिनुहोस्