काठमाडौँ – नेकपा एमालेले ताप्लेजुङबाट उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर क्षितिज थेवेलाई उम्मेदवार बनाउने भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन् । ‘शनिबार नै टुंगो लागिसकेको थियो। त्यसदिन सार्वजनिक नगरिएको मात्र हो,’ एक सचिवालय नेताले भने । थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन् । उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए । भट्टराई ताप्लेजुङबाट २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यसअघि उनी २०६४ र २०७० काठमाडौं–६ बाट संविधान सभा सदस्य उम्मेदवार भएका थिए। चुनाव भने जितेका थिएनन् ।





प्रतिक्रिया दिनुहोस्