Skip to content

गोरखापत्र संस्थानले माग्यो ९१ जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ – गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ । शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो । संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्