काठमाडौं – काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ । केही शव नदीमा तैरिएर बगिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने उक्त स्थानमा दुर्घटना भएको गाडी नम्बर र अन्य विस्तृत विवरण आउन बाँकी छ । अहिले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्