Skip to content

टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै

आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन् ।  श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ । सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ । दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ । सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो ।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो । आजको खेल जित्न सके दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ । यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब आज खेल हुने दुई टोली र पाकिस्तानमध्ये एउटा टिम सेमिफाइनल पुग्ने छ । एक खेल रद्द र एक हार ब्यहोरिसकेका कारण सेमिफाइनल पुग्न उसलाई कठिन छ। उसले अब अन्तिम खेल श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्