Skip to content

बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास र कूटनीतिक मिसनहरू बन्द

वासिङ्टन – मध्यपूर्वमा तीव्र बन्दै गएको तनावका बीच संयुक्त राज्य अमेरिकाले खाडी तथा मध्यपूर्वस्थित आफ्ना दूतावास र कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ। साथै, प्रभावित देशहरूमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न निर्देशन दिइएको छ।

साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा मंगलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै सेवा बन्द गरिएको छ। दूतावासले सामाजिक सञ्जाल एक्समार्फत साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको जनाएको छ। यसअघि साउदी अधिकारीहरूले रियादस्थित दूतावासलाई लक्षित गरी दुईवटा ड्रोन आक्रमण भएको पुष्टि गरेका थिए।

त्यस्तै, कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवा निलम्बन गरेको जानकारी दिएको छ।

अमेरिकी विदेश विभागले गैर-आवासीय कर्मचारी तथा उनीहरूका परिवारलाई बहराइन, जोर्डनइराक छोड्न आदेश दिएको छ। साथै, ती देशहरूमा रहेका सरकारी कर्मचारी र उनीहरूका परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन पनि अनुरोध गरिएको बताइएको छ।

गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेतासहित उच्च कमान्डरको मृत्यु भएपछि क्षेत्रीय द्वन्द्व चर्किएको हो। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अन्य क्षेत्रीय संरचनाविरुद्ध मिसाइल र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ, जसले मध्यपूर्वको अवस्था थप जटिल र संवेदनशील बनेको छ।

प्रतिक्रिया दिनुहोस्