Skip to content

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, आइतबार बिहान बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ८ बजे बस्ने गरी आजका लागि स्थगित भएको छ । बैठकपछि केन्द्रीय सदस्य मधु आचार्यले आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी सञ्चारकर्मीहरूलाई दिए । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारेको १४ पेजको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्