Skip to content

कांग्रेसले भन्यो- चुनाव हार्नुको पाँच कारण

काठमाडौँ – नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोर्नुका पाँच कारण निर्क्याैल गरेको छ । दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँच कारणले गर्दा चुनाव हारेको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको निर्वाचन परिणामको प्रारम्भिक समीक्षलाई परीमार्जन सहित पारीत गर्दै निर्वाचन हार्नुका पाँच कारण निर्क्याैल गरेको हो ।

बैठकमा उपसभापति शर्म ले २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए त्यो प्रतिवेदन माथि छलफल गर्दै पाँच बुँदे कारण बारे केन्द्रीय समितिले निर्णय गरेको हो । केन्द्रीय समितिको निर्णयअनुसार हारका पाँच कारण यस्ता छन् ।

  • चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु ।
  • गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु ।
  • विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत ) का कारण जनआक्रोश बढ्नु ।
  • जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु ।
  • डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरू लाई प्रतिकृयात्मक लाभ पुग्नु ।

यी सबै कारणहरू व्यक्तिगत नभई संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको बैठकले ठहर गरेको प्रवक्ता चालिसेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्