Skip to content

मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ सम्पन्न (भिडियो)

भक्तपुर – सूर्यविनायक नगरपालिका वडा नं ९ भातेढिकुर (बाचामारी) मा रहेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल विद्यालय मदरल्याण्ड स्कुलले मदरल्याण्ड प्रतिभा महोत्सव ( मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२) यहि चैत्र ८ गते आइतबार नृत्य तर्फ मदलल्याण्ड डान्स आइकन र गायन तर्फ भ्वाइस अफ मदरल्याण्ड सिजन १ भव्य रुपमा सम्पन्न गरेको थियो ।

मदरल्याण्ड ट्यालेन्ट फेस्टमा कक्षा १ देखि ) सम्म अध्ययनरत विद्यार्थाहरुले जुनियर र सिनियर गरी प्रतिस्पर्धा गरेका थिए । भ्वाइस आइकन अफ मदरल्याण्डको जुनियर तर्फ कक्षा ४ का जेशिक नेपाल र सिनीयर तर्फ कक्षा ५ का न्यूरोण लोहोला विजेता बन्न सफल भएका थिए ! त्यसै गरी मदरल्याण्ड डान्स आइकनको जुनियर तर्फ कक्षा ३ की स्तुति राणामगर र सिनीयर तर्फ कक्षा ६ की एप्रिल शिल्पकार विजेता बन्न सफल भएका थिए । जुनियर तर्फको भ्वाइस आइकन अफ मदरल्याण्डको प्रथम उपविजेता कुशल घिमिरे, द्धितीय उप विजेता सनुप दाहाल, तृतीय उपविजेता ईभा सुकुभट्टु र चौंथो उपविजेता प्रिन्स थापाले उपाधि जित्न सफल भएका थिए । साथै सिनियर तर्फ प्रथम उपविजेता आयन योन्जन, द्धितीय उप विजेता पूर्णिमा खत्री, तृतीय उपविजेता आयन जगं कटवाल र चौंथो उपविजेता लकिशा भण्डारीले उपाधि चुम्न सफल भएका थिए ।

जुनियर तर्फको मदरल्याण्ड डान्स आइकनको प्रथम उपविजेता यशिका प्रधान, द्धितीय उप विजेता रूगोशा नेपाल, तृतीय उपविजेता रियान्श बोहरा र चौंथो उपविजेता रक्षिका कासुलाले उपाधि प्राप्त गर्न सफल भएका थिए। त्यसै गरी सिनियर तर्फ प्रथम उपविजेता झरणा देउवा, द्धितीय उप विजेता जेशिका श्रेष्ठ, तृतीय उपविजेता जेनिशा तामागं र चौंथो उपविजेता ऋुतु तामागं हुन सफल भएका थिए । गायन र नृत्यले बालबालिकाहरुलाई खुशि बनाउने जसको कारण उनीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने एवं निहित प्रतिभा प्रस्फुटन गरी सानै उमेर देखि आफ्नो क्षमता चिनाउने उदेश्यले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२” आयोजना गरिएको ईभेन्ट मेनेजर एवं सिनियर ईभेन्ट कोरियोग्राफर सुमि वानियाले बताउनु भयो ! साथै उहांले सबै सहभागी प्रतिष्पर्धीहरुलाई प्रतिभा र मिहिनेतको कदर स्वरुप सवटाउटल अवार्डले सम्मान गरेको जानकारी पनि दिनु भयो ।

विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुर्यविनायक नगपालिका शिक्षा शाखा प्रमुख रत्न कटवालले विद्यालयले यस्तो प्रतिभा पहिचान जस्तो कार्यक्रम अभिभावकहरुलाई उपस्थित गराई प्रस्तुतिकरण गराएकोमा प्रसंशा गर्दै विद्यालयले विविध कार्यक्रम गरेकोमा आफार व्यक्त गर्नु भएको थियो । सेलिब्रेटी गेष्टको रुपमा सिनीयर डान्स कोरियोग्राफर एवं मोडल शेखर घर्तीमगरको उपस्थितिले कार्यक्रम झनै उल्लासमय एवं रोमान्चक बनेको थियो ! गायन तर्फको निर्णायकमा गायक, संगितकार एवं गीतकार राजेन्द्र बजगाईँ र गायक तथा गीतकार राजानन्द माण्डव्य रहुनु भएको थियो । साथै नृत्य तर्फको निर्णायक मण्डलमा रोडिज ६ का उपविजेता एवं डान्सर अर्वीन चन्द ठकुरी र डान्स कोरियोग्राफर अश्वीन गुरुगं रहनु भएको थियो । कार्यक्रममा शास्त्रीय नृत्यका महेश प्रकाश हाडा, प्रोफेसर रामबाबु खत्री एवं गायन र नृत्य क्षत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्