Skip to content

सुदूरपश्चिमका माननीय देउवाको पद जाने सम्भावना

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रकाश देउवा गत भदौमा भएको ‘जेनजी’ आन्दोलनपछि अमेरिका पलायन भएका छन् । लामो समयदेखि प्रदेश सभामा उपस्थित नभएपछि उनको सांसद पद नै जोखिममा पर्न सक्ने देखिएको छ । सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को धारा १९३ अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ । हालसम्म सात बैठक सम्पन्न भइसकेकाले थप तीन बैठकमा पनि अनुपस्थित भए उनको पद कानुनी रूपमा धरापमा पर्नेछ ।

यसबीच, देउवा परिवारका अन्य सदस्यहरूको विदेश आवतजावत पनि बाक्लिएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा हाल हङकङमा रहेका छन् । सिङ्गापुरमा स्वास्थ्य उपचार गराएपछि उनीहरू त्यहाँ पुगेका हुन् । ‘जेनजी’ आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित घरमै प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएपछि देउवा दम्पतीले पटक–पटक विदेशमा उपचार गराउँदै आएका छन् । उनका छोरा जयवीर सिंह देउवा लामो समयदेखि विदेशमै छन् भने अर्का भतिज भानु देउवा हालै सिङ्गापुरबाट स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्