Skip to content

विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले विदेशी ऋण लिन गरेको निर्णयको विरोध गरेका छन् । राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका हुन् । आइतबार बसेको मन्त्रिषरिषद्‌को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् । सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा पहिला उत्पादानमा जोड दिनुपर्ने उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्