Skip to content

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाडौँ – उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन् । चैत २२ गते सभामुख निर्वाचन भएको थियो  ।प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ । सभामुख रास्वपा उपसभापति अर्याल बनेका थिए। सभामुख र उपसभामुख एकै दलबाट बन्न मिल्दैन  । उपसभामुख रास्वपाबाहेक दलका सांसद निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्