काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्दै छन् । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । उक्त बैठकमा सबै सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्