Skip to content

भक्तपुर अस्पतालको सेवालाई अझै चुस्त दुरस्त बनाउने प्रतिबद्धता

भक्तपुर – भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा सामाजिक परीक्षणको प्रस्तुतिकरण तथा आमभेला समम्पन्न भएको छ । बिहिबार भक्तपुर अस्पतालको अयोजना तथा वान स्टेप अहेड फाउण्डेशनको प्राविधिक सहयोगमा आर्थिक वर्ष २०८१ /८२ मा भक्तपुर अस्पतालबाट सम्पादित कार्यक्रमहरुको सामाजिक परीक्षणको प्रस्तुतीकरण तथा आमभेला सम्पन्न भएको हो ।
कार्यक्रममा वान स्टेप अहेड फाउण्डेशनको तर्फबाट प्रस्तुतीकरण गरिएको थियो भने अस्पतालका पदाधिकारी कर्मचारी, नागरिक अगुवा, पत्रकार लगायतके उपस्थिति रहेको थियो । फाउण्डेशनले अस्पतालमा फरक फरक  १० दिनको सर्वेक्षण गरी रिर्पोट तयार पारेको थियो । रिर्पोट सेवाग्राहीहरुको अन्तर्वातामा आधारित थियो । सेवाग्राहीहरुले पार्किङ, टोकन र अस्पतालका अन्य सेवाको विषयमा जिज्ञासा राखेको रिर्पोटमा उल्लेख थियो । कार्यक्रमा नागरिक अगुवाका तर्फबाट देवचन्द्र बज्राचार्य र रामकुमार भाजु लगायतले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले नागरिक अगुवाहरुको जिज्ञासाको जवाफ दिएका थिए । उनले अस्पतालको सेवालाई अझै चुस्त दुरस्त बनाउने प्रतिबद्धता जनाएका थिए ।

यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले पनि अस्पतालको हरेक सेवालाई चुस्त रुपमा अगाडी बढाउने बताएका थिए । उनले आफ्नो कार्यकालमा अस्पतालको सेवालाई र व्यवस्थापनलाइ थप उचाइमा पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्