Skip to content

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौँ  – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ । नवौँ हिन्द महासागर सम्मेलनका लागि हाल पोर्ट लुइस मौरिससमा रहेका मन्त्री खनालले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् । दुई दिने सम्मेलनमा सहभागी हुन खनाल मौरिससको पोर्ट लुइसमा छन् । दुई नेताहरूबीचकाे भेटमा लामो समयदेखिको बहुआयामिक नेपाल-भारत सम्बन्धको समीक्षा भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

उनीहरूबीच विभिन्न क्षेत्रमा दुई देशबीच पूर्ण सहकार्यको सम्भावनाबारे छलफल भएको थियो । परराष्ट्र मन्त्रालयले पनि दुई मन्त्रीबीच भेटबारे सार्वजनिक गरेको छ । भेटपछि सामाजिक सञ्जाल एक्समा तस्वीर राख्दै जयशंकरले बधाई दिएको बताएका छन् । ‘नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटेर खुसी लाग्यो,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्