Skip to content

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

काठमाडौं – कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो । अमेरिकामा बस्ने संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्