काठमाडौँ – सरकारले आइतबार पनि ओपीडी सेवा खोल्न अस्पतालहरूलाई अनुरोध गरे पनि नेपाल चिकित्सक संघले आइतबार सेवा उपलब्ध गराउन नसकिने जनाएको छ ।
संघले विज्ञप्ति निकालेर जनशक्ति थप नगरिएकाले सार्वजनिक बिदाका दिन ओपीडी सेवा दिन नसकिने जनाएको हो । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थामा पनि बिदाको व्यवस्था गरिएको थियो । तर बिरामीलाई समस्या पर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । चिकित्सक संघले भने आइतबार ओपीडी सेवा सञ्चालन गर्न नसकिने बताएको हो । स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको अनुरोध कार्यान्वयन गर्न नसकिने र कामको चापका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखा पर्ने सम्भावना रहेको संघको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्