काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले भक्तपुर अस्पताल को निरीक्षण गरेका छन्। शुक्रबार अस्पताल पुगेर उनले त्यहाँ प्रदान भइरहेको सेवा प्रवाहको अनुगमन गरेका हुन्।
अनुगमनपश्चात् बोल्दै मुख्यमन्त्री बानियाँले अस्पतालको पुरानो भवन निर्माणका लागि मन्त्रिपरिषदले सुनिश्चित गरेको ६२ करोड रुपैयाँको प्रक्रिया तुरुन्त अन्तिम चरणमा पुर्याइने प्रतिबद्धता व्यक्त गरे।
निरीक्षणमा सुरेश श्रेष्ठ समेत सहभागी थिए। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठ र निर्देशक डा. सुरेन्द्र भट्टलगायतले टोलीलाई स्वागत गर्दै अस्पतालको वर्तमान अवस्था तथा सेवा प्रवाहबारे जानकारी गराएका थिए।




प्रतिक्रिया दिनुहोस्