काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली राजनीतिमा नेपो किडपछि रिच किड सिन्ड्रोम आतङ्क सुरु भएको बताएका छन् । बस्नेतले राजनीतिक तथा प्रभावशाली परिवारका सन्तानहरुको विलासी जीवनशैलीले आतङ्कित पारेको नेपाली समाजलाई अहिले रिच किड सिन्ड्रोमले सताउन लागेको टिप्पणी गरेका छन् ।
रिच किड सिन्ड्रोम भनेकै धनी परिवारमा जन्मिएको कारणले आफूलाई ठालू ठान्ने र अरुलाई घमण्ड देखाउनु भएको बस्नेतको टिप्पणी छ । अहिलेको सरकारले रिच किड सिन्ड्रोमको प्रतिनिधित्व गर्ने बस्नेतको भनाइ छ । उनले भने, ‘रिच किड सिन्ड्रोमले नियम मान्दैन, जस्तो कि वर्तमान सरकार । नागरिकलाई हिरासतमा लिन समेत उसलाई कुनै कानुनी प्रक्रिया पुरा गर्नुपर्दैन । आफूले भने विशेष खालको ट्रिटमेन्ट खोज्ने गर्दछ ।’ ‘पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले जनताको ढाड सेकिएको बेला जनतालाई राहत बाँड्नपर्ने सरकार मन्त्रीलाई आइफोन बाँडेर बसेको छ, यस हदसम्मको इमोस्नल डिस्कनेक्सन भनेकै रिच किड सिन्ड्रोम हो,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्