Skip to content

कांग्रेसको वैधानिकता विवाद सकियो, अब जरा अभियान र १५औँ महाधिवेशनमा जुट्नुपर्छ : जोशी

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं दार्चुलाबाट प्रतिनिधि सभा सदस्य २०८२ का उम्मेदवार धर्मानन्द जोशी ले नेपाली कांग्रेसको वैधानिकताको विवाद समाप्त भएको बताएका छन् । जोशीले नेपाली कांग्रेसको विशेष महाधिवेशन बाध्यता भएकाले गरिएको स्पष्ट गर्दै त्यो कुनै व्यक्ति विशेषविरुद्ध लक्षित नभएको बताए । पार्टीको आन्तरिक जीवन, लोकतन्त्र तथा विधि–विधानको प्रावधानअनुसार बाध्यताबश विशेष महाधिवेशन आयोजना गरिएको उनको भनाइ छ ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय पक्षपाती नभई न्यायिक रहेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतले पनि उक्त निर्णयलाई सदर गरेको बताए । उनले अब वैधानिकताको विवाद सकिएकाले रूपान्तरण र पुस्तान्तरणलाई आत्मसात गर्दै युवाहरूलाई पार्टीमा थप जोड्नुपर्ने आवश्यकता औंल्याए । पार्टी नेतृत्वले सबैसँग संवाद गर्दै पार्टीभित्र लागेको ‘रोग’ निको पार्न, विधि–विधान र आन्तरिक पार्टी लोकतन्त्रलाई थप सुदृढ बनाउनुपर्ने उनको धारणा छ । जोशीले नेपाली कांग्रेसलाई फेरि एकमात्र बलियो ऐतिहासिक लोकतान्त्रिक पार्टीका रूपमा स्थापित गर्न सबै व्यक्तित्वले आ–आफ्नो ठाउँबाट मन, वचन र कर्मले पार्टीले सञ्चालन गरिरहेको “जरा अभियान” मा सक्रिय हुनुपर्ने बताए । साथै, १५औँ महाधिवेशनलाई उत्साहपूर्ण रूपमा सफल बनाउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्