Skip to content

स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा तयार पार्न रास्वपाले दियो विपिन आचार्यलाई जिम्मेवारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने निर्णय गरेको छ । यस्तै उम्मेदवार छनोट गर्न कार्यविधि नै तयार गर्ने गरी सहमहामन्त्री आचार्यलाई जिम्मेवारी दिएको हो ।

आचार्यले यसअघि संघीय संसदको निर्वाचनमा पनि उम्मेदवार छनोटको रूपरेखा तयार पारेका थिए । त्यसलाई अझ परिस्किृत र वैज्ञानिक तुल्याउँदै गृहकार्य गर्नेगरी उनले जिम्मेवारी पाएका छन् । रास्वपाले लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता, प्रारम्भिक निर्वाचन, यी पिलरका आधारमा उम्मेदवार छनोट गर्नेगर्छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा भने रास्वपाले यो विधि अपनाएको थिएन । बालेन शाह समूहसँग एकता गरेर उम्मेदवार टुंग्याउनुपरेकोले पनि उम्मेदवार छनोटको रूपरेखा लागू भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्