Skip to content

रक्षा बमको चेतावनी– अहंकारका सबै घडा फुटेका छन्, यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ

काठमाडौँ – जेन–जी नेता रक्षा बमले अहंकार र हुल्लडवादले भरिएका हरेक घडा फुटेझैँ अहिले भरिन सुरु गरेको कच्चा घडा पनि फुटेर जाने भन्दै सरकारलाई घुमाउरो चेतावनी दिएकी छन् । सुकम्बासी बस्तीमा सरकारले डोजर चलाउने तयारी गरेपछि बमको आक्राेश पोखिएको हो ।  उनले शुक्रबार मध्याह्न सामाजिक सञ्जालमार्फत वर्तमान सरकारलाई भरिन लागेको कच्चा घडाको संज्ञा दिँदै अहंकार पलाएर फुटेर जाने चेतावनी दिएका हुन्  । रुवाबासीमा रमाउनेहरूको खुसी पनि धेकै नटिक्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा रक्षाले लेखेकी छन्, ‘ अहंकार र हुल्लडवादले भरिएका हरेक घडा ढलेका छन्, फुटेका छन् । भरिन सुरु गरेको यो कच्चा घडा पनि ढल्नेछ, फुट्नेछ । र यो रुवाबासीमा रमाइरहेकाहरू……………. !’

प्रतिक्रिया दिनुहोस्