Skip to content

रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

काठमाडौँ – आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका थिए ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो । त्यसक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पनि दिएका हुन् । उनले यथार्थ भिडियो सार्वजनिक नभएको र सन्दर्भ काँटछाँट गरेर केही क्षणका दृश्य मात्रै देखिएको उनले बताएका छन् । ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’ साथै, उनले आफ्नो व्यवहार संयम हुनुपर्नेमा नभएको कुरा स्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्