Skip to content

महेश बस्नेतले भनेः मेरी श्रीमतीले झ्यालबाट हेर्दा हातपात भयो, प्रहरीले उल्टै समात्यो

काठमाडौं – एमाले सचिव महेश बस्नेतले आफ्नी पत्नीमाथि माइतीघरमा हातपात भएको बताएका छन् । प्रहरीले उल्टै आफ्नी श्रीमतीलाई पक्राउ गरेको उनको गुनासो छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आफू र परिवारमाथि भएको साइबर अपराधविरुद्ध उजुरी दिन व्यूरो जाने क्रममा घटना भएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू, केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका छन् । उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।’

यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढंगले प्रस्तुत गर्दै भ्रामक प्रचार गरेको भन्दै उनले आपत्ति जनाएका छन् । माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको उनको भनाइ छ । बस्नेतले लेखेका छन्, ‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन । पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन । सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ । अन्यथा, सशक्त प्रतिरोध गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्