Skip to content

सुदूरपश्चिमको इन्चार्जमा आफूलाई हटाएर युवापुस्तालाई तोक्न भीम रावलको सुझाव

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा इन्चार्जको जिम्मेवारी युवापुस्तालाई दिनुपर्ने बताएका छन् । रावलले पार्टीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी आफूले पाउनुभन्दा युवापुस्ताले पाउनुपर्ने बताएका हुन् ।

नेकपाले सोमबार प्रदेश पार्टीका नेताहरूलाई इन्चार्ज तोकेको थियो । जसमा सुदुरपश्चिमको जिम्मेवारी रावलले पाएका थिए । आफूले इन्चार्जको जिम्मेवारी दिएपछि रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवापुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढापुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन । त्यहाँ पनि युवापुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्