Skip to content

संसद छलेर अध्यादेश ल्याउदै सकार, दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्‌बाट दुई अध्यादेश सिफारिस भएर आजै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।   अध्यादेशहरूको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्