Skip to content

नेपाललाई ओमनले दियो ३०६ रनको विशाल लक्ष्य

काठमाडौँ – जतिन्दर सिंहको शतकमा ओमनले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोलीसामुु जितका लागि ३०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ओमनले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार पारेको हो। ओमनका ओपनर जतिन्दर सिंहले सर्वाधिक १३० रनको योगदान दिए। उनले ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गरे । जतिन्दरले ७३ बलमा १३ चौका र ४ छक्का सहयोगमा शतक पूरा गरे।

त्यस्तै, ४८ बलमा १ चौका र १ छक्का सहयोगमा ४८ रन बनाएका अशिष ओडेरा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले १५औँ ओभरको दोस्रो बलमा अशिषलाई पेभेलियनको बाटो देखाए । आर्यन राजु विसले ३५ र हमद मिर्जाले ३० रन थपे। नेपालका लागि सोमपाल कामीले चार विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्