Skip to content

गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना !

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा –९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच गोकुलेश्वरमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले इलाका प्रशासन कार्यालयको उद्घाटन गरेका हुन ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार कार्यालय स्थापना भएसँगै त्यस भेगका पाँच पालिकाका नागरिकले राज्यबाट प्रवाह हुने सेवा लिनका लागि जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेको छ । गृह मन्त्रालयको परिपत्रअनुसार गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्