Skip to content

ओमानलाई ८१ रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौँ – नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपालले १७५ रनमा रोकेको हो । नेपाललाई महत्त्वपूर्ण जित दिलाउनको लागि ब्याटिङमा आशिफ शेख र आरिफ शेख चम्किए । आशिफले ९४ र आरिफले ४३ रन बनाए । अर्जुन कुमालले ४८ रन बनाए । जवाफी ब्याटिङ गरेको ओमानलाई जितसम्म पुग्न नदिन गुल्सन झा एक्लैले ५ विकेट लिए । चार खेलमा नेपालले यूएईविरुद्धका दुवै र ओमानविरुद्ध एक खेल जित्यो । ओमानसँग एक खेल भने हार्न पुग्यो । युएईलाई पहिलो खेलमा ३७ र दोस्रो खेलमा ६ रनले पराजित गरेको थियो । ओमानसँग भने १०२ रनको भारी अन्तरले पराजित हुन पुगेको थियो ।

नेपालले हराएको यूएईले दुवै खेलमा ओमानलाई पराजित गरिदियो । नेपालले तीन, यूएईले २ र ओमानले एक खेल जितेर यो श्रृंखला अन्त्य गरेकाे छ । २४ खेलपछि नेपाल १८ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्