Skip to content

सुदूरपश्चिम एमालेमा दलको नेता फेर्नेबारे विवाद चर्किएपछि सांसदहरु गुण्डु पुगे

काठमाडौँ – दल नेता फेर्नेबारे विवाद चर्किएपछि सुदूरपश्चिमका सांसदसँग अध्यक्ष केपी शर्मा ओलीले छलफल गर्दैछन् । एमाले सुदूरपश्चिमका सांसदसँग अहिले छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने ११ सांसद अहिले गुण्डुमा छन् । एमाले सुदूरपश्चिम दल नेता राजेन्द्र रावल छन् । उनलाई दल नेताबाट हटाउनुपर्ने भन्दै एमाले सांसदहरूले छलफल थालेका थिए। त्यसपछि अध्यक्ष ओलीले उनीहरूसँग कुराकानी गर्ने भन्दै निवासमा बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्