काठमाडौँ – पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)ले बनाएको लेनिनको शालिक भत्काएका छन् ।
भारतीय मिडिया जी न्युजका अनुसार पश्चिम बंगालको मुर्सिदावादको जियागञ्जमा राखिएको शालिक भत्काइएको हो । मंगलबार चुनावी परिणाम आएसँगै उत्तेजित भएका बीजेपी कार्यकर्ताले शालिक भत्काएका हुन् । मंगलबारै बीजेपी कार्यकर्ताले ममता बेनर्जीको दल तृणमूल कंग्रेसको कार्यालयमा डोजर चलाउनुका साथै आगजनी गरेका थिए । भाकपा (मार्क्सवादी)का अनुसार घटनामा जोडिएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सुवाषचन्द्र घोषको क्षेत्रमा लेनिन चाहिन्न’ भन्दै शालिक भत्काइएको सामाजिक सञ्जालमा देखिएको छ ।





प्रतिक्रिया दिनुहोस्