काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । महासंघको निर्वाचनसहितको ६०औँ साधारणसभा बुधबार सम्पन्न भएको थियो । निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएसँगै निर्वाचित पदाधिकारीसहित कार्यकारीणी सदस्यसहित अध्यक्ष श्रेष्ठले बिहीबार टेकुस्थित महासंघको सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् । तथापि, संशोधित विधानअनुसार अब आउने नेतृत्वका लागि भने अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनेछ । महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष रहिरहने व्यवस्था गरे पनि अब उक्त पद सेरेमोनियल रूपमा रहनेछ । निर्वाचित कार्यकारीणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ । अरु चार उपाध्यक्ष (दुईवटा जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष)सहित ६८ समूहगत कार्यकारीणी सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । श्रेष्ठ नेतृत्वको केन्द्रीय कार्यकारीणी समितिको पदावधि तीन वर्षको हुनेछ ।





प्रतिक्रिया दिनुहोस्