काठमाडौँ – बैशाख २५ गते बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा १२० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो तीनदेखि सुनचाँदीको मूल्य निरन्तर रुपमा बढेको छ । यस दिन चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १५५ रुपैयाँ खरिदबिक्री भएको थियो।





प्रतिक्रिया दिनुहोस्