Skip to content

टीयू मैदानमा आज नेपाल–स्कटल्याण्ड प्रतिस्पर्धा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ। घरेलु टोली नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा हुनेछ । यूएई र ओमानविरुद्धको पछिल्लो घरेलु श्रृङ्खलामा तीन जित निकालेर उत्साहित बनेको नेपाल यसपटक पनि घरेलु मैदानको फाइदा उठाउने तयारीमा छ। नेपाल ‘ए’ टोलीले हालै अमेरिका र स्कटल्याण्डविरुद्धको श्रृङ्खला क्लिन स्वीप गरेपछि राष्ट्रिय टोलीको मनोबल थप उकासिएको छ ।

लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका डा. ईशान पाण्डे माथि पनि विशेष नजर रहनेछ। कप्तान रोहित पौडेल नेतृत्वको टोलीमा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछानेलगायत प्रमुख खेलाडी समावेश छन् । अंकतालिकामा अमेरिका ३६ अंकसहित शीर्षस्थानमा रहँदा स्कटल्याण्ड ३४ अंकसहित दोस्रो स्थानमा छ। नेपाल भने १८ अंकसहित सातौं स्थानमा रहेकाले घरेलु श्रृङ्खलाबाट महत्वपूर्ण अंक बटुल्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्