काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले नेपाललाई २ रनले हराएको हो । डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनायो । गुलशन झा अन्तिमसम्म फाइट गरेपनि नेपालको हार टार्न सकेनन् । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५५, गुल्सन झाले अविजित ६१ र कप्तान रोहित पौडेलले ३२ रन बनाए ।
स्कटल्यान्डका ब्राडली करीले ३ तथा मार्क वाटले ३ विकेट लिए ।





प्रतिक्रिया दिनुहोस्