Skip to content

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।

पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनी यसअघि शेरबहादुर देउवा सभापति हुँदा पनि पार्टीको कोषाध्यक्ष थिए । श्रेष्ठ पूर्वराज्यमन्त्री समेत हुन् । व्यवसायी समेत रहेका श्रेष्ठले शिक्षा र कृषि क्षेत्रमा कार्य गर्दै आएका छन् । २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा जनजाती क्लष्टरबाट श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पछिल्लो पटक भएको विशेष महाधिवेशनपछि उनलाई केही दिन अघिमात्रै केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्