Skip to content

अमेरिकाविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका र २ छक्का प्रहार गरेका छन् ।

ओडिआईमा उनको यो १०औं अर्धशतक हो । अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल १४ ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई ८५ रन बनाएर खेलिरहेको छ । भुर्तेल शृङ्खलाको पहिलो खेलमा बेन्चमा थिए । त्यसअघिको शृङ्खलामा पनि दुई खेलमा बाहिर राखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्