Skip to content

होर्मुज जलमार्गमा नयाँ प्रणाली लागु गर्दै इरान

Nepal Bank

इरानी संसद्‌को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै होर्मुज स्ट्रेटबाट जहाज आवतजावतका लागि नयाँ प्रणाली लागु गर्ने बताएका छन् । उनले शनिबार भनेका छन्, ‘यो प्रणाली इरानको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय व्यापारको सुरक्षाको रक्षा गर्न डिजाइन गरिएको हो ।’ इब्राहिम अजिजीका अनुसार, यो नयाँ प्रणालीबाट व्यापारिक जहाज र इरानसँग सहकार्य गर्ने देशहरूले मात्र लाभ उठाउन सक्नेछन्। उनले यो व्यवस्थाअन्तर्गत प्रदान गरिने निश्चित सेवाका लागि कर लगाइने पनि बताएका छन् । यसैबिच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मोख्बरले कुवेत र यूएईलाई कडा चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘इरानले अहिलेसम्म संयम अपनाएको छ, तर यो सधैँभरि रहने छैन।’

मोख्बरका अनुसार ती देशहरूले आफ्नो क्षेत्र इरानका शत्रुहरूका लागि खुला छाडेका छन् । उनले अगाडि भनेका छन्, ‘इरानले लामो समयदेखि उनीहरूलाई साथी र दाजुभाइ मान्दै आएको छ, तर अब उनीहरूले आफ्नो स्वतन्त्रता बेचेका छन् र आफ्नो भूमि हाम्रा शत्रुलाई प्रयोग गर्न दिएका छन्।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्