काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलोरले सुपर– ४ मा प्रवेश गरेको छ । आज भएको खेलमा पञ्जाब किङ्ग्स पराजित गर्दै बेङ्गलोरले सुपर– ४ मा प्रवेश गरेको हो । हिमाचलमा भएको खेलमा बेङ्गलोरले पञ्जाब किङ्ग्सलाई २३ रनले पराजित गरेको हो । बेङ्गलोरले दिएको २२३ लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि कूपर कोनोलीले ३७, शशांक सिंहले ५६ तथा सूर्यांश शेडगेले ३५ रन प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।
बेङ्गलोरका रसिक सलामले ३ तथा भूवनेश्वर कुमारले २ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । बेङ्गलोरका वेंकटेश अय्यरले ७२, विराट कोहलीले ५८ तथा देवदत्त पडिक्कलले ४५ रन प्रहार गरे । पञ्जाबका हरप्रीत ब्रारले २ विकेट लिए । यो जितपछि बेङ्गलोर १८ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ भने १३ अंकसहित चौथो स्थानमा छ । दुवै टोलीले अब १–१ खेल खेल्न बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्