काठमाडौँ – एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । सोमबार विश्वकप लिग-२ अन्तर्गत ३ विकेट लिँदै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट लिएका हुन् ।
यसअघि यो रेकर्ड अस्ट्रेलियाली खेलाडी मिचेल स्टार्कको नाममा रहेको थियो । मिचेलले ७७ खेलमा १५० विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा १५० विकेट लिने बलर धेरै भएपनि थोरै खेलमा यो सफलता हासिल गर्ने रेकर्ड भने सन्दीपले लेखाउन सकेका हुन् ।





प्रतिक्रिया दिनुहोस्