Skip to content

आईपीएल : चेन्नई पराजित, हैदरवाद र गुजरात एकसाथ प्लेअपमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किङ्ग्सलाई हराउँदै सनराइजर्स हैदरवादले प्लेअपमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेन्नाईलाई ५ विकेटले हराउँदै हैदरवादले प्लेअपमा प्रवेश गरेको हो । घरेलु मैदानमा पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन जोडेको थियो । त्यसक्रममा चेन्नाईका डेवाल्ड ब्रेभिसले ४४, सञ्जु सामसनले २७ तथा शिवम दुबेले २६ रन बनाएका थिए । चेन्नाईलाई मध्यम स्कोरमा समेट्न हैदरवादका कप्तान प्याट कमिन्स ३ तथा सकिब हुसेनले २ विकेट लिए । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको हैदरवादले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्यायो । हैदरवादको जितका लागि इशान किशानले ७०, हेनरिक क्लासेन ४७ तथा अभिषेक शर्माले २६ रन प्रहार गरे । चेन्नाईका मुकेश चौधरीले २ विकेट लिए । यो खेलको नतिजापछि हैदरवादसँगै गुजरात टाइटन्स पनि एकसाथ प्लेअपमा पुगेको छ । योसँगै प्लेअपमा पुग्ने टोलीको संख्या तीन पुगेको छ । यसअघि रोयल च्यालेञ्जर्स बेङ्गलोर प्लेअपमा पुगेको थियो । अब एक टोली प्लेअपमा पुग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्