Skip to content

प्रधानमन्त्री बालेनलाई भेटेपछि सभामुख अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाए

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर आएपछि सभामुख डीपी अर्यालले विपक्षीलाई पेलेरै संसद बैठक अघि बढाएका छन् । विपक्षी दल नेकपा एमाले र नेकपाका सांसदहरूले संसदमा प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य गराउन माग गर्दै आएका थिए । श्रम संस्कृति पार्टीका सांसदहरूले त विगत केही दिनदेखि पम्प्लेट टाँसेरै विरोध जनाउँदै आएका छन् । बैठकको सुरुदेखि नै प्रधानमन्त्रीको खोजी गरेका विपक्षी सांसदहरूले निरन्तर बैठक अवरुद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीसँग भेट गर्न पुगेका थिए ।प्रधानमन्त्रीसँगकाे भेटपश्चात् फर्किएर पुनः बैठक सुरु गरे पनि विपक्षी सांसदहरू वेल नजिकै नाराबाजीमा उत्रिए । तर, विपक्षीको कुरा नसुनी सभामुख अर्यालले बैठक अघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्